कोरोना भाइरस आफैं हराउने इटालीका डाक्टरको भनाई

९ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
398 Shares


काठमाडौं ९ असार, । इटालीका एक संक्रामक रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस कोभिड १९ कुनै खोप नबनेपनि आफैँ हराउने दाबी गरेका छन् । टेलिग्रााफले उल्लेख गरे अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले कोरानो भाइरस अहिले पहिलाको तुलनामा कम जोखिमपूर्ण बनेको र यो अबको केही समयमा आफैं हराएर जाने दाबी गरेका हुन् ।

बसेटीका अनुसार मार्च र अप्रिलको शुरुको तुलनामा अहिलेको अवस्था निकै फरक बनिसकेको छ । उक्त समयमा मानिसहरुलाई यो रोगले निकै च्याप्ने गरेको उनको भनाइ छ । त्यतिबेला यो बिरामीलाई सम्हाल्न निकै कठिन हुने अवस्था देखिएको थियो र मानिसहरुलाई अक्सिजन र भेन्टिलेसनमा राख्नुपर्ने अवस्था देखिएको थियो । जसमध्ये केहीमा निमोनियाको समस्या पनि देखिएको थियो । पछिल्लो एक महिनामा भने कोरोना भाइरसका बिरामीको प्रकृति परिवर्तन भएको बसेटीको भनाइ छ । ‘मार्च र अप्रि लमा यो एक आक्रामक सिंहजस्तो देखिएको थियो तर अहिले यो एक बनबिरालो जस्तो देखिएको छ’, उनले भने ‘८० वा ९० वर्षका बिरामीहरु पनि अहिले बेडमा बसिरहेका छन् र श्वासप्रश्वासको लागि कुनै सहयोगको आवश्यकता पनि परेको छैन ।’

कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम राख्नेजस्ता सुरक्षाका उपायहरुको कारण कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको हुन सक्ने उनको भनाइ छ ।बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने पनि उल्लेख गरेका छन् ।यद्यपि अन्य विशेषज्ञहरुले भने यो भाइरस पूर्णरुपमा हराउन केही वर्ष लाग्न सक्ने बताएका छन् । ‘मलाई यति छिटै कोरोना भाइरस हराउँछ जस्तो लाग्दैन’, बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्राध्यापक भरत पंखानियाले बताए ।

त्यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि कोरोना भाइरसको कारण अहिले झन् धेरै मानिसहरुको मृत्यु भइरहेको बताएको छ । डब्ल्यूएचओले अहिलेसम्म कोरोना भाइरसको स्वरुप परिवर्तन भएको पनि बताएको छैन । डब्ल्यूएचओले बसेटीको दाबीलाई पुष्टि गर्ने किसिमको कुनै पनि स्पष्ट अनुसन्धान नभएको बताएको छ । डब्ल्यूएचओको हेल्थ इमर्जेन्सिजका निर्देशक डाक्टर माइकल रयानले अहिलेसम्म कोरोना भाइरस कमजोर बन्दै गएको वा स्वरुप परिवर्तन गरिरहेको भन्ने दाबीलाई पुष्टि गर्ने डेटाहरु नपाइएको बताएका छन् । स्रोत : न्युयोर्क पोस्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • २४ घण्टामा १३५६ जनामा काेराेना सङ्क्रमण, अहिलेसम्म ४८ हजारभन्दा धेरै…
  • समाज लघुवित्त तत्काल कारोबारमा नआउने, मर्जरमा जाने
  • केन्द्रिय कारागारमा एक कैदिको शंकास्पद मृत्यु
  • आईपीएल २०२० : राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै
  • त्रिविबाट नेविसंघ कार्यकर्ता पक्राउ
  • गुल्मीको राताडांडामा पहीरो जादा २ जना बेपत्ता
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय
  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु