युएनडिपिद्धारा प्रदेश नं ५ लाई आरटिसिसिआर मेसिन प्रदान

प्रकाशित मिति:

बुटवल । युएनडिपीले प्रदेश नं ५ लाई कोभिड –१९को आरटिपिसिआर विधिवाट परिक्षण गर्न प्रयोग गरिने आरटिपिसिआर मेसिन प्रदान गरेको छ । युनडिपिले उक्त मेसिनमा प्रयोग हुने एसोसेरिज र ल्यापटप सहित उपकरण हस्तान्तरण गरेको हो ।जर्मनी कम्पनीको उक्त मेसिनको मुल्य ३५ लाख वढि रहेको छ । आईतवार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रम विच पिसिआर मेसिन प्रदान गरिएको थियो । मेसिन हस्तान्तरण गर्दे युएन डिपिका फिल्ड कार्यालय प्रमुख सुदिप अर्यालले स्वाव संकलनको अनुपातमा परिक्षणको दर वृद्धि गर्न पिसिआर मेसिनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सामाजिक विकास मन्त्रालयका सचिव डा। गोपीकृष्ण खनालले पिसिआर परिक्षण मेसिन उपलव्ध गराएकोमा युएनडिपिलाई धन्यवाद ज्ञापन गर्दे माहामारी नियन्त्रण तथा रोकथाममा दातृनिकायको भूमिका महत्वपूर्ण रहेको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले परिक्षणको लागि मेसिन थप भएपनि परिक्षणको दर वृद्धि हुने बताए । उक्त मेसिन आईतवार नै प्रयोगशालामा सेट गरी संचालन भईसकेको उनले जानकारी दिए । यससंगै प्रदेश नं ५ मा ४ वटा प्रयोगशालामा ६ वटा पिसिआर मेसिन संचालित छ ।