राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पहिलो पटक साउदी अरबमा चार्टर उडान

९ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पहिलो पटक साउदी अरबमा चार्टर उडान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नेपालीको उद्धार नेपाल एयरलाइन्समार्फत भएको हो । गत आइतबार साउदी अरबको रियादबाट २४७ जना नेपालीको उद्धार भएकोमा मंगलबार राति फेरि अर्को चार्टर विमान जेद्दा उड्दैछ । जेद्दाबाट नेपाल एयरलाइन्सको विमान बुधबार नेपाली श्रमिक लिएर स्वदेश फर्किने तालिका छ । पहिलो पटक साउदी अरबको रियाद पुगेको नेपाल एयरलाइन्सको विमानले जेद्दामा पनि पहिलो पटक नै उडान भर्न लागेको हो ।

यो चार्टर उडानका लागि नेपाल एयरलान्समार्फत गिल्ट ट्राभल्स र जियोल्याण्ड ट्राभल्सले बुकिङको जिम्मा पाएको छ । जसअनुसार जेद्दाको चार्टर उडानमा मंगलबार दिउँसोसम्म २०० जनाको बुकिङ भइसकेको जियोल्याण्ड ट्राभल्सका प्रबन्ध निर्देशक शरद शर्माले जानकारी दिए ।नेपाल एयरलाइन्सको विमान साउदीसम्म लैजान साउदीको जेद्दास्थित कन्सुलेन्ट रेवती पौडेलको पहल रहेको बताइएको छ । अहिले संकटको बेला नेपाल एयरलाइन्स साउदीसम्म पुगेको भन्दै शर्माले अवस्था सामान्य भएपछि पनि नियमित उडानको पहल हुनुपर्नेमा जोड दिए । ठूलो संख्यामा नेपाली रहेको साउदीमा नियमित उडान हुन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने उनको भनाइ छ । पहिलो चरणमा सरकारले साउदीबाट ३ हजार ३ सय १२ नेपालीको उद्दार गर्दैछ ।@khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु