पूर्वी लद्दाख क्षेत्रबाट पछि हट्ने चीन र भारतबीच सहमति

प्रकाशित मिति:

काठमाडौं, असार ९ । भारत र चीनबीच पूर्वी लद्दाखमा झडप भएको क्षेत्रबाट सेना फिर्ता गर्ने सहमति बनेको छ। भारतीय सेनाको स्रोतलाई हवला दिँदै बीबीसी हिन्दीले लेखेको समचार अनुसार भारत र चीनको सेनाका कमाण्डर स्तरमा सम्पन्न बैठकपछि झडप भएको स्थानबाट पछि हट्ने सहमति बनेको हो।

चिनियाँ समचारपत्र पिपुल्स डेलीले चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानको हवाला दिँदै चिनियाँ र भारतीय सेनाका कमाण्डरबाबीचमा २२ जुनमा वार्ता भएको थियो। वार्तामा संवाद र परामर्शका अधारमा विवाद सुल्झाउने र तनाव कम गर्ने सहमति भएको छ।भारत र चीनका सेनाबीच जुन १५ को राति भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको निधन भएको थियो। चीनतर्फ भएको नोक्सानको अहिलेसम्म आधिकारिक घोषणा भएको छैन।