भारतीय सेनाका एक नेपालीको मृत्यु

प्रकाशित मिति:

९ असार, काठमाडौं । सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा गोली चल्दा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा यो घटना भएको हो । पाकिस्तानले लाइन अफ कन्ट्रोलमा युद्धविरामको उल्लंघन गर्दै गोलीबारी गर्दा भारतीय सेनामा कार्यरत नेपाली दीपक कार्कीको मृत्यु भएको हो ।

कार्की यो घटनामा परी गम्भीर घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको हो ।भारतको सुरक्षा प्रवक्ताका अनुसार यो घटना सोमबार बिहान भएको हो । भारत र पाकिस्तानको बीचमा बढ्दो तनावको कारण पछिल्लो समय सीमा क्षेत्र अशान्त देखिएको छ । गत जुन ५ यता भारत–पाकिस्तान सीमाक्षेत्रमा मृत्यु हुने दीपक चौथो सैनिक हुन् । स्रोत : हिन्दूस्तान टाइम्स