रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

१० असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी / बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।साविक विजेता बार्साले मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा इभान राकीटिचले दोस्रो हाफको मध्यतिर गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।बार्सिलोनाले लगातार बल पोसेसन राख्दै दबाब बनाएपछि बिल्बाओको रक्षात्मक रणनीति तोड्न हम्मेहम्मे परेको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।राकीटिचले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिओनेल मेस्सीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्न खोजेको बल डिफेनडरलाई लाग्दै फुस्किएपछि राकीटिचले पहिलो टचमा नै गोल गरेका थिए ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया