गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

१० असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


पोखरा – गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ७ सय २९ पुगेको छ । यो प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, यस्तै गोरखामा १, नवलपुरमा ३, बाग्लुङमा ९ र तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिकामा ३० महिना बालिकासहित ५ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १ जना र आँधीखोला गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण भएको छ ।यस्तै लमजुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेशीशहर नगरपालिकाकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।बाग्लुङका बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।कास्कीको पोखरा महानगरपालिकामा पनि २ महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको छ भने मादी गाउँपालिकाका एक महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार पर्वतको कुश्मा नगरपालिका, तनहुँको देवघाट गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने