उपमेयरको मुख्य मन्त्रीलाई खुला पत्र प्रदेशका प्रयोगशालामा शितगंगाको लिनै मान्दैन्न

१० असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


अराज वेलासे । अर्घखाची शितगंगा नगरपालिकाका उपमेयर टिका रेस्मिले सामाजिक सञ्जाल मार्फत प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेललाई खुला पत्र लेख्दै दुख पोखेका छन । उपमेयर रेस्मिले बुंदागत रुपमा मुख्यमन्त्रीलाई संबोधन गर्दै लेखेका छन । कोरोना फैलिरहेको बेला रिर्पोट आउन ठिला हुँदा ४० दिन सम्म क्वारेन्टिनमा बस्नेहरुको आर्कोस र गाली खानु परेकोमा दुख पोखेका हुन ।  शितगंगा नगरपालिकामा नत प्राप्त मात्रमा भिटियम किट आयो नत रिर्पोट समयमा यि कारणहरुले गर्दा शितगंगाका जनप्रतिनिधीले आलोचना खेप्नु परेको पिडा रेस्मिले पोखेका हुन । शितगंगामा ७४ जनाको रिर्पोट आउदा ३७ जना सक्रमित भेटिएका थिए तर पनि उनि सँगै पठाएका अन्य पिसिआरको रिर्पोट आउन २ हप्ता भँन्दा बढी लागेको छ ।

रिर्पोट कुर्दै गरेका १ जनाले आत्महत्यानै गरेका छन भने १ जनाको समयमै उपचार हुन नपाउदा मृत्यु हुँदा समेत प्राथमिकतामा नपर्दा नगरबासी त्रसित भएका छन उपमेयरले लेखेका छन “प्रदेश सरकारले स्थापना गरेको रास्ट्रीय गहुँ वाली अनुसन्धान केन्द्रको स्वाव परिक्षण केन्द्रले आज ( शोमबार ) तेस्रो पटक सितगगां नगरपालिका को ५७ जनाको स्वाव बुझ्न अस्विकार गरेको छ । त्यो स्वाव उहीँ बाटो चितवन लैजादा त्यहाँ पनि अस्विकार भाएको छ ।  दाङ्ग ले एक पटक लिएर जाँदा अब नलिनु भन्ने चेतावनी दिएको छ , यो प्रदेश का ११ जिल्ला लाई क्वारेन्टाइन व्यावस्थापन रकम प्राप्त हुँदा अर्घाखाँची छुट्ने करिव ४२ दिन सम्म पिसिआर रिर्पोट न आँउदा आफैले स्थापना गरेको क्वारेन्टाइन केन्द्र मा जान सकिएको छैन ।कति दिन सम्म स्थानिय जनप्रतिनिधिले गाली खानु पर्ने होला भन्दै प्रश्न गरेका छन ।

शितगंगामा करिव १३ सय भारतबाट आएका मध्ये २०० जनाको मात्र पिसिआर परिक्षण भयो जस मध्ये करिव १ सय जनाको रिर्पोट आएकै छौन ४० दिन सम्म रिर्पोट कुर्दै बस्नेहरु जनप्रतिनिधी लाई आक्रमण गर्नै उत्रिसकेका छन । यस्तै उपमेयरको गुनासो सँगै सामाजिक सञ्जालमा अर्घाखाँचीका सांसदहरुको समेत चर्को बिरोध भएको छ । जिल्लाका केन्द्र देखि प्रदेश सांसदहरुले परिक्षण बढाउन रिर्पोट समयमै आउन कुनै पहल नगरेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी बिरोध छ अन्य जिल्लामा हरेक दिन रिर्पोट आउने अर्घाखाँचीमा रिर्पोट समयमा नआउने हराउने प्रयोगशालाले लिन नमान्ने गर्दा समेत यहाँका सांसदको कुनै भुमिका नभएको भन्दै सबैले बिरोध गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया