शिक्षा क्षेत्रमा भएको भद्रगोल र वेतिथी विरुद्ध गम्भीर वन्न सरकारलाई नेविसंघको चेतावनी

प्रकाशित मिति:

काठमाडौ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बुधबार प्रेस विज्ञपति जारी गर्दै शिक्षा क्षेत्रमा भएको भद्रगोलता र वितिथी विरुद्ध सरकारलाई गम्भीरत वन्न ध्यानाकर्षण गराएको छ । नेबिसंघले जारी गरेको विज्ञप्तिमा पोखरा विश्वविद्यालय विगत ९ महिना देखि उपकुलपति , रजिस्ट्रार लगायतका महत्त्वपूर्ण पदाधिकारी विहिन भएको, विश्वविद्यालय नेतृत्वविहिन हुँदा शैक्षिक गतिविधि प्रत्यक्ष प्रभावित भएको र विद्यार्थीको भविष्यमाथी गम्भीर खेलबाड नगर्न नेबिसंघ महामन्त्री दिपक भटराईले चेतावनी स्वरुप ध्यानकर्षण गराएको सबलपोष्ट संगको कुराकानीमा वताउनु भएको छ

त्रिभुवन विश्वविद्यालयले यश बिचमा पदाधिकारी,डीन तथा क्याम्पस प्रमुखहरु नियुक्ति गर्दा प्राज्ञिक क्षेत्रमा वरिष्ठता,ज्येष्ठता र क्षमताका आधारमा नियुक्ति दिनुपर्नेमा नेकपाको सिफारिसका आधारमा सबै प्राज्ञिक मर्यादालाई कुल्चदै गरिएका नियुक्तिहरुप्रती घोर भत्सर्ना गरिएको नेबिसंघ महामन्त्री दिपक भट्टराईले जानकारी दीएका छन् ।