पश्चिम नवलपरासीको सात वटै स्थानिय तहरुका पालिकाहरुले बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरे,

१० असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
46 Shares


रामु भुसाल । पश्चिम नवलपरासीको सात वटै स्थानिय तहरुका पालिकाहरुले आर्थिक बर्ष २७७, ७८ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर तथा गाउ सभाको प्रारम्भ गरेका छन । बुधबार जिल्लाका सात वटै स्थानिय तहहरुमा नगर तथा गाउ परिषदको आयोजना गरि निति कार्यक्रम तथा आर्थिक बर्ष २०७७, ७८ का लागी बार्षिक बजेट समेत प्रस्तुत गरेका हुन । यसैबीच, जिल्लाको बर्दघाट नगरपालिकाले बुधवार बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । छैठौं नगर सभामा नगर प्रमुख धीरज शर्मा बस्यालले नीति कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य संस्थाको सृदृढीकरण, कोभिड ब्यवस्थापन, राहत तथा सहुलियत कृषि ,पशु तथा लघुउद्यममा आधारित रोजगारी बृद्धिलाई उच्च प्राथमिकता दिइएको छ त्यस्तै सडक संजाल, कृषि पकेट विकास तथा विस्तार, शिक्षा स्वास्थ्य खानेपानी तथा सामाजिक पूर्वाधारलाई समेत प्राथमिकतामा राखिएको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा सेवा प्रवाहको गुणस्तर अभिबृछि सुशासनको अनूभुति, आन्तरिक आय अभिबृद्धि र पुराना योजना पूर्णता दिने उल्लेख गरिएको छ । त्यसगरी नीति कार्यक्रममा पूर्वाधार विकास क्षेत्रतर्फ सडक, भवन तथा शहरी विकास, बिद्यसत तथा बैकल्पिक उर्जातर्फ उज्यालो बर्दघाट अभियान, विज्ञान प्रविधि, सूचना र संचारका कार्यक्रम राखिएको छ । सोही नगर सभामा नगर उपप्रमुख मायादेवी पौडेलले विनियोजन बिद्येयक प्रस्तुत गर्नुभएको थियो ।

बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालको अध्यक्षतामा भएको नगर परिषदमा आगामी आर्थिक बर्षका लागी ९६ करोड ८६ लाख १ हजार ५ सय ७० रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गरिएको थियो । त्यस्तै बजेटका लागि यही २१ गते सदन बस्ने कार्यक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले जानकारी दिनुभएको छ ।त्यस्तै सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । बुधबार नगर प्रमुख भीम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको नगरपालिकाको ७ आंै नगर सभामा आर्थिक बर्ष २०७७र०७८ को लागि कुल बजेट ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैया अनुमान गरिएको सभामा प्रस्तुत गरिएको थियो । त्यसैगरि, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७७र०७८ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै ७६ करोड ३३ लाख ३७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । सातौँ गाउ सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै सुस्ता गाउँपालिकाका अध्यक्ष एवं सभाका सभा अध्यक्ष राम प्रसाद पाण्डेयले आर्थिक बर्ष ०७७ र ०७८ को बार्षिक निति तथा कार्यक्रममा कोभिड १९ कोरोना भाइरसको महामारीबाट प्रभावित युवाहरुलाई लक्षित गरि कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकताको साथ बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता राखी विभिन्न क्षेत्रलाई समाबेश गरि ल्याएको बार्षिक निति तथा कार्यक्रमलाई प्रस्तुत गर्दै क्लिन र हरित गाउँपालिका, भ्रष्टाचारमुक्त राजनीति र कर्मचारी प्रशासन एवं जनताप्रती जवाफदेहि गाउँपालिका प्रशासन, स्वच्छ सुन्दर, समृद्व सुस्ता सुखी सुस्ता बासीको अभियानको साथ गाउँपालिका अघि बढेको अध्यक्ष पाण्डेयले बताउनुभएको छ ।

त्यसैगरि प्रतापपुर गाउपालिकाले आर्थिक बर्ष ०७७र०७८ को बार्षिक निति तथा कार्यक्रममा ६९ करोड २१ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउपालिका उपाध्यक्ष अञ्जु कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिका उपाध्यक्ष चौधरीले प्रतापपुर गाउँपालिका अभियान र लैङ्गिक समानता तथा समाजिक समावेशीकरण तर्फ जेष्ठ नागरिक, आदिवासी जनजाती, महिला तथा बालबालिका दलित तथा अन्य विपन्न बर्ग समुदायको हकहितमा कार्यक्रम समावेश भएको छ भने सूचना तथा सञ्चार,खानेपानी उर्जा र बैकल्पिक उर्जा लगायत विविध क्षेत्रमा समावेश गरि बार्षिक निति तथा कार्यक्रम प्रतापपुर गाउँपालिकाको कार्यालयले ल्याएको बताउनुभएको छ । त्यसैगरि, सरावल गाउपालकाको गाउ परिषदले आर्थिक बर्ष ०७७र०७८ को बार्षिक निति तथा कार्यक्रम प्रस्त्ुत गर्दै गाउपालिका उपाध्यक्ष उत्तमा रायले ५३ करोड ९० लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा सो गाउ परिषद प्रारम्भ भएको थियो । त्यसैगरि रामग्राम नगरपालिकाले आर्थिक बर्ष ०७७र०७८ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै रामग्राम उपप्रमुख रम्भा कुंवरले ८० करोड ५२ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कु्मार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख कुंवरले बजेट प्रस्तुत गर्नूभएको थियो । त्यस्तै, पाल्हीनन्दन गाउपालिकाले आर्थिक बर्ष ०७७र०७८ को बार्षिक निति तथा कार्यक्रममा ४३ करोड ३५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको अध्यक्षतामा प्रारम्भ भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष पवित्रा कोहारले बजेट प्रस्तुत गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया