सडकलाई मुख्य प्राथमिकता दिदै शितगंगाको निति तथा कार्यक्रम प्रस्तुत

१० असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


अराज बेल्बासे असार १० – सडक र कृषिलाई मुख्य प्राथमिकता दिदै शितगंगा नगरपालिकाको सातौ नगरसभाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७७÷७८ को लागि शितगंगा नगरपालिकाले ८४ करोड बराबरको निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । नगरपालिकाको बजेटले बिगतको तुलनामा खासै नयाँ कार्यक्रम भने ल्याउन सके न गत बर्ष सरहनै बजेट प्रस्तुत भएको छ । आगामी बर्षको बजेटमा मुख्य प्राथमिकता नगरपालिकाका २ वटा मुख्य बाट सडा अमराइ जुकेना सडक र भेडामारा शिमलपानी सडकका लागि २ ÷२ करोड बजेट बिनियोजन गरिएको छ ।

जनप्रतिनिधि र नगरपालिकाको कर्मचारी ,पत्रकार लगायतको उपस्थित रहेको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले विश्व कोरोना भाइरसको महामारीमा जुधिरहेको संकटको अवस्थामा पूर्वधार निर्माणलाई निरन्तरता दिदै नगरपालिकालाई कृषि, सडक र पूर्वाधारको क्षेत्रमा नगरलाइ बिकास गरीने बताउनु भयो । शितगंगा नगरपालिकाले आगामी बर्ष कृषिलाइ समेत बिषेस प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपालनका लागि १ करोड ५० लाख बिनियोजन गर्ने कार्यक्रममा प्रस्तुत गरिएको थियो । साथै आगामी बर्ष बैदेशिक रोजगारबाट आएका युवाहरुलाई कृषि क्षेत्रमा लाग्ने गरि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने छ । यस्तै नगरपालिकाले खरको छानो मुत्त अभियानको लागि २ करोड रकम छुट्टाउने भएको छ । यस्तै मन्द्रे शुवर्णखाल सडम स्तरउनातीको लागी २० लाख , हर्रे भालुवाङ सडकका लागि २० लाख शिक्षा तथा स्वास्थमा २० लाख बजेट बिनियोजन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया