अध्यात्म–विज्ञान स् आनन्दमय र शान्तिपूर्ण जीवनको लागि

१० असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


अध्यात्मलाई यदि सही रुपमा बुझ्ने हो भने यो सम्पूर्ण र सन्तुलित जीवन जिउने एक सार्वभौमिक तरिका हो । हामीसँग यस्तो दुर्लभ अवसर छ, आफैभित्र जीवनको सौन्दर्य खोज्ने । यही खोजको माध्याम हो अध्यात्म ।

अध्यात्मलाई धेरैले धर्म भनेर बुझ्छन् । तर, यो आफैमा धर्म होइन, बरु विज्ञान हो । आफ्नो चेतन स्वरुपलाई बुझ्ने । हाम्रो सामुन्ने जुन विश्व–ब्रम्हान्ड छन्, त्यो मूलत दुई सत्ता मिलेर बनेको हुन्छ । एक जड र दोस्रो चेतन ।
जड सत्ता अर्थात पदार्थको अध्ययन विज्ञानको विषय हो । जबकी चेतन सत्ता अध्यात्मकको विषय हो । अतः यी ब्रम्हाडलाई पूर्ण रुपमा बुझ्नका लागि हामीले यी दुबै सत्तालाई ध्यान राख्न जरुरी छ । अध्यात्मको अर्थ आफु भित्रको चेतन तत्वलाई जान्नु, मान्नु र दर्शन गर्नु हो । अध्यात्मको अर्थ आफुले आफैलाई जान्नु वा आत्मप्रज्ञ हुनु ।

अध्यात्म एक यस्तो विज्ञान हो, जसले हाम्रो जीवनमा प्रेम, शान्ति, खुसी, उमंग, विवेकको शक्ति प्रदान गर्छ । यो जीवन जिउने एक सर्वोत्कृष्ट तरिका हो । साथसाथै आन्तरिक जीवनलाई समृद्ध बनाउने विधी पनि ।

अर्जुनले भगवान श्रीकृष्णसँग प्रश्न गरेका छन्, ‘हे पुरुषोत्तम, ब्रम्हा के हो, अध्यात्म के हो रु कर्मको अर्थ के हो रु’

यो ब्रम्हाको जिज्ञासा हो, ब्रम्हा ईश्वरीय जिज्ञासा हो । त्यससँगै अध्यात्मबारे पनि जिज्ञासा छ । ब्रम्हा चर्चा वा इश्वरभन्दा अलग छ, अध्यात्म । त्यसैले अध्यात्मको प्रश्न पनि अलग छ । कर्म पनि फरक विषय हुन् । यस जिज्ञासामा श्रीकृष्णको जवाफ यस्तो छ, ‘अक्षंर ब्रम्हा परमं, स्वभावों अध्यात्म उच्यते ।’ अर्थात कहिले नष्ट नहुने तत्व ब्रम्हा हो र प्रत्येक वस्तुको आफ्ना मूलभाव ९स्वभाव० अध्यात्म हो ।

अध्यात्मकको शाब्दिक अर्थ हो, स्वयमको अध्ययन ।

यस संसारमा आउनुअघि हाम्रो आत्मा कहाँ थियो, जब हाम्रो मृत्यु हुन्छ त्यसपछि आत्मा कहाँ जान्छ । यस संसार र यस जीवनको उदेश्य के हो । मनुष्यलाई जीवनबारे सम्झाउनका लागि यी केही मूल प्रश्न हुन् ।

जसरी विश्व–ब्रम्हाण्ड एउटा अद्भूत पद्धतीभित्र गतिशिल छ, ठीक उसैगरी हाम्रो शरीरभित्र पनि त्यस्तै पद्धती छ । यसैलाई अनुभूत गर्नु अध्यात्म हो ।

@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया