स्याङ्‍जामा संक्रमितको संख्या १ सय २७ पुग्यो थप २० जनामा कोरोना संक्रमण

प्रकाशित मिति:

स्याङ्जा  स्याङजामा ३० महिनाकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्याङजामा मंगलबार साँझ १३ र बुधबार बिहान ७ जना गरी २० संक्रमित थपिएका छन् । ६ वटा पालिकामा गरी ती बालिकासहित ४ महिला र १२ वर्षीय एक बालकसहित १६ जना पुरुष संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय २७ पुगेको छ ।

थपिनेमा गल्याङ नपाका ३ जना, भीरकोट नपाका १, चापाकोट नपाका ५ र वालिङ नपाका ३० महिनाकी एक बालिका सहित ७, कालीगण्डकी गाँपाका २, आधीखोला गाँपाका १ र अर्जुनचौपारीका १ जना बालक छन्।

वालिङका ३० महिने बालिका र २४ वर्षीया महिलासहित २४, ४५, ४०, २० र २२ वर्षीय पुरुष, अर्जुनचौपारीका १२ वर्षीय बालक र आँधीखोलाका ६५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यसैगरी, गल्याङका ३२, २७ र २१ वर्षीय पुरुष, भीरकोटका ५२ वर्षीया महिला, कालीगण्डकीका ६५ र २१ वर्षीय पुरुष, चापाकोटका १९ वर्षीया एक महिलासहित ४०, ३७, ६०, ४९ का पुरुषमा मा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिए |

संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने एकको मृत्यु भइसकेको छ। एकजनाको पोखराको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्यलाई कालिका र गल्याङ अस्पतालको आइसोलेसनमा राखिएका छन् ।

यहाँका संक्रमितमध्ये गल्याङका २ जना, चापाकोटका १ जना र अर्जुनचौपारीका १ जना बाहेक सबै भारतबाट आएका हुन् ।

@annapurnapost