कारको ठक्करबाट एकको मृत्यु

प्रकाशित मिति:

तिलोत्तमा, असार १० । रुपन्देहीको तिलोत्तमामा बुधबार सांझ कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्ड अन्तरगत तिलोत्तमा–१५ मधवलियामा कारको ठक्करबाट कोटिहवा घर भएकी ४० वर्षीया शान्ता केसीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलदेखि भैरहवातर्फ जांदै गरेको बा ५ च ६७१० नम्बरको कारले सडक पार गर्ने क्रममा केसीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाईते भएकी उनको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिए ।