सन्दीपको सिपिएलमा मूल्य १ करोड

१० असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
17 Shares


सिजनको क्यारेबियन प्रिमियर लिग ९सिपिएल० ले आज बुधबार खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ।

ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन्। सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य ९१ करोड ८ लाख ५७ हजार रुपैयाँ० तोकेका छन्।

ड्राफ्टका लागि ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा परेका छन्।

सिपिएलका लागि २३ देशका खेलाडीले नाम दर्ता गराएका छन्।
सन्दीपसँगै ९० हजार डलर मूल्य राख्नेमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिस, डेभिड मिल्लर, अफगानिस्तानका मोहमद नाबी, अस्ट्रेलियाका डिुआर्ची सर्ट र अफगानिस्तानका मुजिब उर रहमान छन्।

सर्वाधिक मूल्य राख्नेमा भने पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी छन्। उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन्।

इंग्ल्यान्डका इयान मोर्गानले १ लाख ३० हजार डलर मूल्य राख्दा टम बन्टन, टिम साउथी र बेन कटिङले १ लाख १० हजार अमेरिकी मूल्य निर्धारण गरेका छन्।

सन्दीपले गत सिजनको सिपिएल बार्बाडसबाट खेलेका थिए।

२०२० को लिगका लागि बार्बाडसले पाँच खेलाडी आबद्ध गर्न पाउनेछ। यस्तै गुयना अमाजोन वारियर्स र ट्रिन्बागो नाइट राइडर्सले ३–३ जना खेलाडी मात्र राख्न पाउनेछन्। बाँकी खेलाडी उनीहरुले यसअघि नै आबद्ध गरिसकेका छन्। यस्तै जमैकाले सबैभन्दा बढी ११ जना, सेन्ट किन्टले ६ जना र सेन्ट लुसियाले ५ खेलाडी आबद्ध गर्नेछन्।

कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुने तय छ। तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ।

@setopati

फेसबुकबाट तपाईको प्रतिक्रिया