नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी जलाए

प्रकाशित मिति:

काठमाडौं । कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन्।बुधबार दिउँसो विभिन्न माग लिएर त्रिवि उपकुलपति कार्यालय पुगेका नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्सी जलाएका हुन्। आफ्ना कार्यकर्ताका मागबारे वेवास्ता गर्दै अपमानित गरेपछि उपकुलपतिको कुर्सी जलाउनुपरेको नेविसंघ त्रिवि समितिका एक पदाधिकारीले बताए।

उपकुलपतिको कार्यपक्षबाट कुर्सी बाहिर लगेर त्रिवि हाताभित्रको सडकमा नेविसंघले जलाएका हुन्। नेविसंघका ती पदाधिकारीका अनुसार त्रिविले विद्यार्थी प्रतिनिधिविनै सिनेट बैठक आयोजना गरेकोमा विरोध गरिएको थियो। अनलाइन कक्षालाई प्रभावकारी बनाउन नसकेर प्रचारबाजी मात्रै गरेकोमा नेविसंघले फरक मत राखे पनि उपकुलपतिले माग सुन्न नचाहेकोले आक्रोशित विद्यार्थीले कुर्सी जलाएको ती पदाधिकारीले बताए।@radio nrn