क्यानेडियन उत्कृष्ट इमिग्रेन्ट अवार्डमा अनिल थापा

प्रकाशित मिति:

बसन्त कार्की– क्यानाडाको क्यानेडियन आप्रबासी म्यगेजिन ले प्रदान गर्दै आएको उत्कृष्ट आर। बि। सी। आप्रबासी अवार्डको छनौट मा नेपाली व्यवसायी अनिल थापा परेका छन् । उक्त म्यागेजिन ले बर्षेनी प्रदान गर्दै आइरहेको यस अवार्डमा उनि सफल व्यवसायीको तर्फ छनौटमा परेका हुन । लामो समय देखी क्यानाडामा रहेर नमस्ते रेडियो संचालन गर्दै आइरहेका थापा क्यानाडमा रियल स्टेट, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संल्गन छन् भने एन। आर। एन ए। क्यानाडाका पूर्व अध्यक्ष समेत हुन ।

बिश्व भरि बाट क्यानाडा आएर बसोबास गर्ने र क्यानाडाको विभीन्न क्षेत्र मा रहेर पेशागत तवरले देश निर्माणमा सहयोग गर्ने उत्कृष्ट बिभिन्न बिधाहरुमा २५ जनालाई यो अवार्ड प्रदान गर्ने गर्दछ । आर।बि।सी। उत्कृष्ट क्यानेडियन ईमिग्रेसन आवार्डका लागी उनि उत्कृष्ट ७५ जना मध्येमा परेका हुन अब थापा लाई बिजय गराउनका लागी भोटिङ गर्न सकिन्छ । सर्व सधारण ले अगष्ट ७ तारिख सम्म भोट गनृ सक्ने कुरा आयोजक ले जनाएको छ । उनलाई भोट गर्नका लागी तलको लिङ लाई क्लिक गरी फलोअप गर्नुहोस https://canadianimmigrant.ca/…/vote-now-for-the-2020-rbc-to…