स्वयंसेवक संघ युवा सङ्गठनको गण्डकी प्रदेश महासचिवमा सामाजिक अभियान्ता खगेन्द्र भन्डारी

प्रकाशित मिति:

देशभरका स्वतन्त्र,प्रागिक एवम् बौद्धिक युबाहरुको साझा सस्था स्वयंसेवक संघ युबा सङ्गठन गण्डकी प्रदेशको महासचिवमा स्याङ्जाका सामाजिक अभियान्ता खगेन्द्र भण्डारी चयन हुनुभएको छ।स्वयंसेवक संघ युबा सङ्गठन नेपालले आज एक नियुक्ति पत्र जारी गर्दै भण्डारीलाई नियुक्ति गरिएको जानकारी दिएको छ।

सामाजिक रुपमा कृयाशिल यो सस्थाले देशैभर आफ्ना गतिबिधी गरिरहेको र समाज परिवर्तनका लागि अब युबाहरु नै लाग्ने गण्डकी प्रदेशका अध्यक्ष सुजन सापकोटाले जानकारी दिनुभयो । महासचिव भण्डारी सामाजिक कार्यमा निकै कृयाशिल रहनुभएका युबा हुनुहुन्छ भने उहाँ मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसका स्ववियु सभापति त्यस्तै गल्याङ जेसिजका महासचिव समेत हुनुहुन्छ