मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु

प्रकाशित मिति:

सप्तरी, असार ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गएराति भएको दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा सप्तरीको खडक नगरपालिका–५ रंजितपुरकी ५० वर्षीया सुद्धनीदेवी दास र उनका छोरा ३० वर्षीय वीरेन्द्र दासको मृत्यु भएको छ। वीरेन्द्रले चलाएको मोटरसाइकलमा आमा सुद्धनी सवार थिइन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको उनीहरु सवार मोटरसाइकल एकापसमा कोक्किएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।