बुटवलका एक घरधनीले दिए ८० हजारबढी घरभाडा छुट

प्रकाशित मिति:

झविन्द्र देवकोटा/बुटवल बुटवल उपमहानगरपालिका–११ देविनगर होराईजनचोकका एक घर मालिकले घर बहालमा बस्नेहरुलाई दुई महिनाको घर बहाल भाडा छुट दिएका छन् । स्थानीय रामचन्द्र रेग्मीले तीन वटा ब्यवसायिक सटर सहितका परिवार बस्दै आएका आवासिय फ्ल्याटको बहाल भाडा छुट दिनुभएको हो । तीन सटर सहितका फ्ल्याटको दुई महिनाको ९भाडा० ८० हजारबढी पर्ने गरेको समेत उहाँले बताउनुभयो ।

रेग्मीले कोरोनाको महामारी र यसले ब्यवसायमा पारेको प्रभावले ब्यवसायि समस्यामा परेको भन्दै गएको चैत र बैशाख महिनाको बहाल ९घरभाडा० छुट दिएको बताउनुभयो । उहाँका अनुसार उक्त घरका तीन वटा छुट्टा छुट्टै सटरमा ब्यूटिपार्लर, फुल्की र होटल ब्यवसाय संचालन हुँदै आएका छन् भने दुई परिवार सटर भित्रका कोठामा आवासिय रुपमै बस्दै आएका छन् । आफुले सकेको सहयोग यो महामारीका बेलामा गरेको उल्लेख गर्दै घरधनी रेग्मीले अन्य स्थानमा पनि घर बहाल छुट दिएर सहयोग गर्न आग्रह गर्नुहुन्छ । उक्त घर बहालमा बस्दै आउनु भएका क्रिष्टिना ब्यूटिपार्लर तथा ट्रेनिङ्ग सेन्टरका संचालक सुनिता अर्यालले रेग्मीले गर्नु भएको कार्य उदाहरणीय भएको भन्दै अन्यले पनि सिको गर्नु पर्ने सुझाव दिनुभयो ।