बाचुन जेल सम्म हामी दुई जोडी समाज सेवा मै जिबन बेतित गर्छु : महेश र संगीता

प्रकाशित मिति:

महेश सिंह सिरहा ११ असार । सिरहाको लहान नगर पालिका भित्र सैलुन व्यावसायि गरेर जिबिको पार्जन गर्ने नाइँ श्रमिकहरुलाई मनकारी जोडी महेश चौधरी र संगीता कर्माचार्यले राहत वितरण गरेका छन् । बिगत तिन महिना देखी रोजगारी गुमाएका नाइँ श्रमिकहरुलाई कसैबाट राहत न पाए पछि , सबैतिर बाट अपहेलित भएका नाइँ संघसंग आबद्ध हजाम जातिलाई समाज सेबि चौधरी र कर्माचार्यको जोडीले लहान बजारमा कोठा भाडा लिई बस्दै आएका ३० घर धुरीलाई राहत स्वरुप १० किलो चामल , आधालिटर तेल ,१ पोका नुन वितरण गरेको छ । राहत पाउनु भन्दा केहि दिन अगाडि नेपाल नाइँ संघले सिरहाको लहान लगायत प्रदेश २ का जिल्लाहरुमा चरणबध आन्दोलनका घोषणा गरेका थिए । प्रदेश बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभीड १९ को माहामारीबाट ज्याला मजदुरी गुमाएका विभिन्न परिवारलाई सहारा बन्दै गरेका हुन् । बिगत तिन महिना देखि निरन्तर अन्नदान दान गर्न दिन चर्या नै बनाएका छन्।

नेपाली काङ्ग्रेसका माहांसमिती सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघ की केन्द्रिय सदस्य संगीता कर्माचार्यले गर्भवती महिलाहरुका लागि पौष्टिक आहारको ब्यस्थामिलाएका थिए । अहिले सम्म सरकारले गर्न नसक्ने काम यि दुई जोडीले गरेको छ् । राहत बाडन जादा उनिहरुको काम हेरे समाजले गाउँ – गाउँ र टोलमा जहाँ गए तेहि सम्मानित भएर घर फर्किन्छ । यि जोडीलाई सबैले धन्यवाद दिन्छ । लकडाउन खुकुलो भए पनि आपत बिपतमा परेकाहरुको लागी सहयोग गर्न कहिले पछाडि न हटने श्रीमान ,श्रीमतीले प्रतिबध हुनु भयो ।हामी दुई जना श्रीमान र श्रीमतीले बाचुन जेल सम्म मानब सेवा मै जिबन बेतित बिताउछु बताए । निरन्तर ब्यक्ती गत रूपमा राहत सहयोग गरेका समाज सेबि महेश र संगिता की जोडीले समाजका ऐना बनेका हुन । कुनै पार्टीको पक्षपात नगरी समस्याबाट ग्रसित भएका परिवार प्रति भाबुक बनेका हुन् । चौधरी र कर्माचार्यको नाउँ चर्चामा आएको छ । यस्तो माहामारीमा राहत बाडन पछाडी नहटने वहाँले बताउनु भयो ।