सरस्वती माबीमा प्र.अ.को रबैयाप्रती शिक्षकहरुको आक्रोश : दमनकारी निति लिएको र अनिर्णयको बन्दि बनाएको भन्दै तालाबन्दी

प्रकाशित मिति:

दिपक न्यौपाने  – सैनामैना  असार ११ । रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ७ मा रहेको श्री सरस्वती माध्यमीक बिधालयमा कार्यरत शिक्षकहरुले बिहिबार तालाबन्दि गरेका छन । बिधालयका प्रार्चाय रामप्रसाद पौडेलले बिधालयमा कार्यरत शिक्षक,कर्मचारीहरुलाइ दमनकारी निती लिइ हरेक क्रियाकलापमा एकलौटी निर्णय गर्ने ,बिधालय ब्यबस्थापन समिती ,अभिभाबक र बिधार्थी समेतलाइ अशिष्ट ब्यबहार गर्ने ,बिधालयको बाताबरण खराब बनाउने लगायतका कार्य गरेको भन्दै तालाबन्दि गरीएको हो ।

दिनप्रतिदिन बिधालयमा बिधार्थीको सङख्या न्युन हुदै जानु र बिधालयलाइ अनिर्णयको बन्दि बनाउने कार्य बर्तमान प्र.अ. रामप्रसाद पौडेलबाट भैरहेको हुनाले बिकल्प सहित नया प्र.अ.को माग राखी तालाबन्दि गरिएको शिक्षकहरुले बताएका छन । प्रअको समन्वयकारी भुमिका कहि कतै नपाइएको सह प्र.अ. यदुनाथ ज्ञवालीले सबलपोष्टलाइ जानकारी दिए । तालाबन्दी गरिएको ब्यहोरापत्र बिधालय ब्यबस्थापन समितीका अध्यक्ष ठाकुरप्रसाद पाण्डेलाइ बुझाइएको सह सयोजक रोमनाथ न्यौपानेले बताए ।

तालाबन्दीमा सहायक प्र.अ. यदुनाथ ज्ञवाली, शिक्षक भिमकान्त न्यौपाने, शिक्षक प्रतीनिधी तिर्सना थापा, शिक्षक नुमा पाण्डे,देबराज भारती , सुसिला गैरे, कमलप्रसाद पराजुली ,साबित्रा पौडेल,शिबा दगासे,रोमनाथ न्यौपाने ,ऋषीराम उपाध्याय, कार्यालय सहायक ज्ञानहरी अर्याल,शिक्षक देबी थापा,र कर्मचारी दधिराम बेल्बासेले हस्ताक्षर गरेका छन भने साबित्रा न्यौपाने भने अनुपस्थीत रहेको बताइएको छ । बिगत ५ बर्षदेखी प्रअ पौडेलले बिधालयको नेतृत्व सम्हालीरहेका छन भने हाल बिधालयमा ३ सय ५० को हाराहारीमा बिधार्थीहरु रहेका छन । २०४४ सालमा स्थापना भएको बिधालय सैनामैनाको पुरानो बिधालय अन्र्तरगत पर्दछ ।