एकैदिन भेटिए अस्ट्रेलियामा दुई महिनायताकै धेरै संक्रमित

प्रकाशित मिति:

११ असार, काठमाडौं । अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा दुई महिनाकै सबैभन्दा धेरै कोरोना भाइरस ९कोभिड १९ का संक्रमित फेला परेका छन् ।

अस्ट्रेलियाले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा ३६ नयाँ संक्रमित फेला परेका हुन् । अस्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या दुई महिनायताकै सबैभन्दा धेरै हो ।
पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ३३ संक्रमित अस्ट्रेलियाको भिक्टोरिया राज्यका हुन् । लगातार नवौं दिन यो राज्यमा नयाँ संक्रमितको संख्या दुई अंकमा देखिएको हो । पछिल्लो समय अस्ट्रेलियाको भिक्टोरियामा उल्लेख्य संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् ।

संक्रमितको संख्या बढेसँगै अस्‍ट्रेलियाको सरकारले मेलवर्नमा कोरोना भाइरसलाई नियन्त्रण गर्न एक हजार सैनिक परिचालन गर्ने निर्णय गरेको छ । यसरी परिचालन गरिने सैनिकमध्ये ८५० ले मुलुकमा विदेशबाट फर्किएका मानिसहरूलाई होटलमा क्वारेन्टाइनमा राख्ने र उनीहरूको निगरानी गर्ने र बाँकीले कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक वस्तु र मेडिकल सहयोग उपलब्ध गराउने काममा सहयोग गर्नेछन् ।

स्रोत: रोयटर्स, अलजजिरा

@onlinekhabar