बस्दा वा सुत्दा खुट्टा हल्लाउने बानि पनि रोग !

प्रकाशित मिति:

कतिपय मानिसमा बस्दा वा सुत्दा खुट्टा हल्लाई रहने बानि हुन्छ ।धेरै मानिसले यसलाई एक प्रकारको बानि मात्र ठानेर वेवास्ता गर्दछन् । तर यो बानिमात्र नभएर एक प्रकारको रेस्टलेस सिन्ड्रोमको लक्षण हो ।
के हो रेस्टलेस सिन्ड्रोम ?
रेस्टलेस सिन्ड्रोमएक प्रकारको स्नायु प्रणालीको रोग हो । खासमा खुट्टा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन उत्पादन हुन्छ । जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लागिरहन्छ । खासमा डोपामाइनले मानिसको मष्तिकमा सुखको अनुभूति दिलाउँछ ।
विशेषतः शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यो ३५ वर्षभन्दा माथिका उमेरका मानिसमा बढि मात्रामा हुने गर्दछ । तर कतिपय अवस्थामा गर्भवती महिलाहरू, अत्यधिक रक्सी सेवन गर्ने, रुघा वा एलर्जीको औषधि खाने मानिसमा पनि यो सिन्ड्रोमको देखा पर्दछ ।

कसरी पाउने रेस्टलेस सिन्ड्रोमबाट छुटकारा ?
खासमा यो रोग जसलाई हामीले एक बानि मात्र ठानेका छौ यसबाट छुटकारा पाउन हाम्रो जीवनशैलीलाई व्यवस्थित बनाउनुपर्छ ।

यो समस्याबाट छुटकारा पाउन निम्न कुरा अबलम्बन गर्नुपर्छ स्

१। रक्सी, क्याफिन र चुरोट खान छाड्नुस् ।
२। नियमित समयमै र पर्याप्त सुत्नुहोस् ।
३। सुत्नुअघि केहिबेर खुल्ला हावामा घुम्नुहोस् ।
४। तर सुत्नुअघि कठिन व्यायाम नगर्नुस् ।

घरेलुउपाचार
१। राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलिकति जाइफल हालेर पिउनुस् ।
२। सुत्नुअघि बदामको तेल वा अरु उपलब्ध तेलले खुट्टाको मालिश गर्नुस् ।
३। हप्तामा दुई पटक ९० मिनेटको योग गर्नुहोस् यसले पनि राम्रो निन्द्रा पार्दछ ।
४। रेस्टलेस लेग सिन्ड्रोमबाट बच्न वृक्ष मुद्रा लगायतका योगासन गर्नुहोस् ।
५। शरीर र खुट्टाको नियमित मालिश गरेमा पनि रेस्टलेस लेग सिन्ड्रोमबाट राहत पाइन्छ ।
६। हप्तामा दुईचोटि ४५ मिनेट खुट्टाको मसाज गर्दा राम्रो निन्द्रा आउँछ ।

@samatalonline