सुनवलमा व्यवस्थापन समिति र शिक्षक लागे सामुदायिक विद्यालय सुधार गर्न

१२ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
असार ११
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको सुनवल नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको अवस्था सुधार गर्नका लागी विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु एकै साथ लागेका छन् । खस्कीदै गएको पछिल्लो अवस्थालाई सुधार्न भन्दै पश्चिम नवलपरासीको सुनवलमा रहेका सामुदायिक विद्यालयहरुले विद्यालय सुधार अभियान नै संचालन गरीरहेका छन ।
अहिले सुनवल क्षेत्रका सामुदायिक विद्यालयहरु अविभावक विद्यार्थीको पहिलो रोजाईमा पर्न थालेको विद्यालय ब्यवस्थापन समिती सुनवल नगर संजालका अध्यक्ष सुर्य न्यौपानेले बताउनु भयो । सुनवल क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक एवं विद्यालय ब्यवास्थापन समितीका पदाधिकारीहरुको संयुक्त भेलाले २०७५ साल जेठ २ गते सुनवल सामुदायिक विद्यालय सुधार अभियानको गठन गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो । सामुदायिक विद्यालय सुधार गर्नु पर्ने विषयहरुलाई क्रमस सुधार गरीएकोले यसको प्रभाव सतहमा देखीन थालेको सुनवल नगरपालिको पहिलो नमुना विद्यालय महाकवि देवकोटा माध्यामिक विद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समिती सुनवल नगर संजालका सचिव ज्ञानहरि अर्यालले बताए ।


सुनवल क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुले विद्यालय सुधार अभियान संचालन गरी सके पछि अहिले नगरपालिका भित्र रहेका विद्यालयहरुमा विद्यालयको भौतिक पुर्वाधार सुधार, निजी विद्यालय सरह नै सरकारी विद्यालयहरुमा समानान्तर अंग्रेजी माध्यममा पढाई, विद्यालय भवन सुधार एवं सुन्दरीकरण, विद्यार्थीहरुलाई निजी प्रकाशनका महंगा पुस्तकहरुको निशुल्क वितरण, शिक्षक एवं कर्मचारीहरुको डिजिटल हाजिरा, विद्यालयको गतिविधी हेर्न विद्यालयहरुमा सीसी टिभि क्यामरा लागायतको व्यवस्थापन गरीएको नेपाल शिक्षक महासंघ नगर समिति अध्यक्ष बाबुराम पाण्डेले बताउनु भयो । सुनवल नगरपालिकाका सामुदायिक विद्यालयहरु तर्फ अविभावक एवं विद्यार्थीहरुको आकर्षण बढेको छ ।


सुनवल सामुदायीक विद्यालय सुधार अभियानको विषयमा सुनवल ५ मा बनकटटीमा रहेको भगवती माध्यामिक विद्यालयको हलमा विहिवार नेपाल शिक्षक महासंघ एवं विद्यालय ब्यवस्थापन समिती सुनवल नगर संजालको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरी जाजनकारी गराइएको छ । कार्यक्रममा रमवापुर मा वि का अध्यक्ष खड्ग बस्नेत र नगर शिक्षा समिति सदस्य राम प्रसाद ढकालले पत्रकारहरुले राखेको जिज्ञासा मेटाउनु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया