गुल्मीमा थप १२ जना कोरोना संक्रमित

१२ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


गुल्मी/कोरोना भाइरस कोभिड–१९ बाट गुल्मीमा थप १२ जना संक्रमित भएका छन् । योसँगै गुल्मीमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका ४ जना र रुरु क्षेत्र गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धुर्कोट गाउँपालिकाका ५ जनामा ४ पुरुष र १ महिला छन् । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिकाका २९, ३६, ३५, २३ वर्षीय पुरुष र एक १९ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।यस्तै इस्मा गाउँपालिकाका २० वर्षीय, ३४ वर्षीय, २६ वर्षीय पुरुष र २२ वर्षीया महिलामा कोरोना देखिएको हो ।

आचार्यका अनुसार रुरु क्षेत्र गाउँपालिकाका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा २८ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।गुल्मीमा कोरोना कारण ३ जनाको मृत्यु भइसकेको छ भने २० जना निको भएर घर फर्किएका छन् ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया