परराष्ट्रमन्त्री ज्ञवालीले भने सीमा अतिक्रमणबारे भारतीय पक्ष वार्तामा बस्न मानेन

१२ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
33 Shares


काठमाडौं, असार १२ – नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा अतिक्रमणबारे भारतीय पक्ष वार्तामा बस्न नमानेको बताएका छन्। उनले गत नोभेम्वर, डिसेम्बर र जनवरीमा तीन पटकसम्म पत्र पठाउँदा भारतीय पक्षले वार्तामा बस्न आनाकानी गरेको बताएका हुन्। बुधबारदेखि जारी स्थायी समितिको बैठकमा अधिकांश नेताहरु नयाँ नक्सा तथा सीमा अतिक्रमणका विषयमा बोलिरहेका छन्।

एक स्थायी समिति सदस्यका अनुसार बैठकमा नयाँ नक्सा जारी भएपनि कूटनीतिक तबरबाट भूमि फिर्ता ल्याउने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। अहिलेसम्म नेकपाका ११ जना स्थायी समिति सदस्यले आआफ्नो धारणा राखिसकेका छन्।अहिलेसम्म पम्फा भुषाल, घनश्याम भुषाल, बेदुराम भुषाल, मात्रिकाप्रसाद यादव, रघुवीर महासेठ, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, अमृत बोहरालगायतले आफ्नो धारणा राखिसकेका छन्। आजको बैठकमा भने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै स्थायी समितिको बैठक भएपनि उनी अुपस्थित रहेका छन्।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार “नामावलीसहित”
  • बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा…
  • गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीको सप्ताहव्यापी भर्चुअल अन्तरसम्बाद कार्यक्रम सम्पन्न
  • सारथी नेपाल लघुवित्तले एफपीओ निश्कासन गर्ने