गुल्मी चारपाला रुपन्देहो सम्पर्क समाजद्धारा सहयोग जारी

१२ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


स्थापना कालदेखि नै विभिन्न सामाजिक काममा अग्रसर रहेको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज ले गुल्मी दरबार गाउंपालीकालाई १ सय थान पिसिआर भिटिएम किट उपलब्ध गराएको छ । कोभिड १९ को महामारी फैलिरहेका बेला गाउंपालीकाका नागरिकले चेकजांच गर्न पाउन् भन्ने उद्धेश्यले किट सहित १ सय थान सर्जिकल मास्क गरी ३५ हजार रुपैयां बराबरको सामाग्री प्रदान गरिएको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए । यस्तो अवस्थामा सहयोग गर्न पाउंदा खुसी लागेको भन्दै उनले समाज यस्ता काममा संधै लागिरहने बताए ।
गुल्मीमा स्थायि घर भई रुपन्देही बसेका चारपालाका जनताबाटै गठित समाजले आफ्नै गाउंका लागि सहयोग प्रदान गरेको समाजका उपाध्यक्ष उषा खत्रीले बताइन् । यसअघि राहत सामाग्री र स्वास्थ्य सामाग्री नै प्रदान गरिसकेको भन्दै उनले विपदका बेला समाज सहयोगमा लागिरहने बताइन् ।
उक्त सामाग्री प्रदान गरेको प्रति समाजलाई धन्यवाद दिंदै गाउंपालीका अध्यक्ष अशोककुमार थापाले गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले अन्य बेलामा समेत सहयोगी काम गरिरहेको जनाए । गाउंपालीकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले यस्ता साथ र सहयोग आगामि दिनमा पनि जारी राख्न आग्रह गर्दै चारपाला रुपन्देही समाजको प्रगतिको कामना गरे । सामाग्री हस्तानतरण कार्यक्रममा सचिव विकास टण्डन सहति अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे