आत्महत्यापछि कोरोना संक्रमण पुष्टि भएका युवाको शव गाडियो, छमेकीको स्वाब संकलन

प्रकाशित मिति:

सांकेतिक तस्वीर

काठमाडौं । आत्महत्यापछि कोरोना संक्रमण पुष्टि भएका दैलेखका युवाको शुक्रबार ९आज० अन्त्यष्टि गरिएको छ । नेपाली सेनाको सहयोगमा उनको शव गाडिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

जेठ ११ गते भारतको अहमदावादबाट दैलेख आएका २१ वर्षीय ती युवकले मंगलबार आत्महत्या गरेका थिए । सोही दिन उनको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो । पीसीआर गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतबाट आएलगत्तै दुल्लु नगरपालिकाको ज्वाला माविमा बनाइएको क्वारेन्टिनमा उनलाई १४ दिन राखिएको थियो। त्यसपछि आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको थियो ।

यसैबीच, आत्महत्यापछि कोरोना पुष्टि भएका युवाको गाउँका ६० जनाको स्वाब संकलन गर्न लागिएको छ । ती युवा बस्ने वरपरका ६० जना छिमेकीको शनिबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाउन लागिएको मेयर भण्डारीले जानकारी दिनुभयो ।

@radionrn