इटहरीको बौकाझोडामा नेपाली गुठीले दियो राहत सामाग्री

१३ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


इटहरी । नेपाली गुठी एसोसियसन पेन्सलभेनिया अमेरिकाले सुनसरीको इटहरी ३ बौकाझोडामा रहेका दलित तथा विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । ग्रामिण क्लव हाउस इटहरीको संयोजन र सोही क्लबकी तारादेवी सुवेदी ९खनाल० को पहलमा इटहरी उपमहानगरपालिका वडा नं। ३ बौकाझोडामा शुक्रबार ३० घर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।

गत पुस अन्तिम सातादेखि फैलिएको कोरोना भाइरसका कारण समस्यामा परेका बौकाझोडाका दलित र अति विपन्न परिवारलाई वडाध्यक्ष बालकृष्ण विष्टले हस्तान्तरण गरे । सो खाद्यन्न वितरण कार्यक्रममा क्लवका महासचिव धर्मप्रसाद सुवेदी, क्लबका सदस्य पूर्ण कार्की लगायतले सहयोग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया