नेबिसंघ ला ग्रान्डिले जिल्ला प्रशासन कार्यलय कास्की मार्फत पोखरा बिश्वबिद्धालयको उपकुलपति , रजिस्ट्रारको माग गर्यो

प्रकाशित मिति:

पोखरा , कास्की । पोखरा बिश्वबिद्धालय विगत ९ महिना देखि उपकुलपति , रजिस्ट्रार लगायत महत्त्वपूर्ण पदाधिकारी बिहिन छ । यसै सन्दर्भमा नेपाल विद्यार्थी संघ ला ग्रान्डी इकाई समितिले विभिन्न रुपमा आन्दोलन तथा आवाज उठाइ रहेको छ । नेपाल विद्यार्थी संघ ला ग्रान्डी इकाइको निबर्तमान सभापति विनय पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी मार्फत पोखरा बिश्वबिद्धालयका कुलपति एबम नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री तथा सह- कुलपति एबम नेपाल सरकारको माननीय शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन ।

पौडेलको अनुसार कुल ६६ वटा स्कुल तथा कलेजहरुमा झन्डै ४० हजार भन्दा बढी विद्यार्थीहरु अध्ययन अध्यापन , अनुसन्धान , परिक्षा संचालन , परिक्षाफल प्रकासन जस्ता विभिन्न शैक्षिक गतिविधिबाट बन्चित भएको ठ्हर गरे । त्यसको निम्ति चाडो भन्दा चाडो नियुक्ति गर्नु पर्ने भनाइ राखे । उनको नेतृत्वमा नेपाल विद्यार्थी संघ ला ग्रान्डी कलेज इकाइ सभापति जीवन भन्डारी , उप-सभापति बिकल पौडेल , सचीव सस्कार कोइराला , विद्यार्थी नेताहरु सुमन सुनार , सन्तोष सिग्देल , रोशन लामिछाने , आयुश बाटाजु तथा नेपाल विद्यार्थी संघ ला ग्रान्डीको प्रभावशाली नेतृ बिनिता लामिछानेको उपस्तिथि रहेको थियो । प्रमुख जिल्ला अधिकारीले पत्र लिए पछी सम्बन्धित निकाय मा पुराउने प्रतिबद्धता गर्नुभयो । उहाँले नेपाल विद्यार्थी संघ ला ग्रान्डीलाई शुभकामना पनि दिनुभयो ।