वैवाहिक जिवनमा बाधिएको अबसरमा मानवसेवा आश्रममा खाद्यान्न सहयोग

१३ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


आबिश्कार खनाल- असार १२, बुटवल – रुपन्देही जिल्ला शुद्धोधन गाउपालिका वार्ड नम्बर ६,मानपकडी निवासी सनराइज बैंक लिमिटेडमा कार्यरत गोपाल गोदार र बुटवल निवासी सुनिता थापा बैबाहिक जीवनमा बाधिएको शुभ अवसरमा मानवसेवा आश्रम शाखा कार्यालय रूपन्देही बुटवलको सेवा लाई सहजता प्रदान गर्नका लागि अत्याबश्यक खाद्यान्न सामाग्रीहरू प्रदान गर्नुभएको छ । सो अबसरमा नव बिवाहित जोडी तथा सम्पुर्ण परिवारको उपस्थितिमा आश्रममा २५केजी चामल ,१०के जी दाल , २० लिटर तेल, ३पेटी चाउचाउ ,५० के जी आलु, २०केजी प्याज,५ केजी चना, १बोरा भुजा, ४ प्याकेट सब्जी मसला ,१बोरा नुन ,बेसार ,चिनी लगायतका खाद्यान्न सामाग्रीहरू प्रदान गरिएको हो ।

साथै सोही कार्यक्रममा सुनिताको बुवा झक बहादुर थापाले आफ्नो छोरि ज्वाइँ को बैबाहिक जीवन सुखमय होस भन्ने कामना गर्दै नगद रु ५,५५५र ९अक्षरेपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ मात्र नगद समेत मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ । सो अवसरमा वैवाहिक जिवनमा बाधिएको अवसरमा यसरी आश्रममा सहयोग गर्न पाउदा एकदमै खुसी लागेको नवजोडी गोपाल र सुनिताले बताउनुभयो भने आश्रमकि रुपन्देही संयोजक सरु अधिकारीले नवजोडीलाई सुखद वैवाहिक जिवनको सुभकामना दिदै मानवीय कार्यको लागि धन्यवाद दिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया