स्याङ्जामा थप २२ जनामा कोरोना पुष्टि

१३ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / स्याङ्जामा १२ महिने शिशुसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्याङ्जा जिल्लामा १ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिवार आज बिहानको अपडेट अनुसार संक्रमित हुनेमा अर्जुन गाउँपालिकाका १९ जनामा र बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका तथा वालिङ नगरपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्याङ्जामा हालसम्म २२ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया