सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम हर्शित अभिभावकहरु

प्रकाशित मिति:

कमल चौधरी कपिलबस्तु, १३ असार । दैनिक करिव पन्ध्र सय विद्यार्थीहरु वाणगंगा नगरपालिका बोर्डगाउँ चोकवाट नगर क्षेत्रका विभिन्न निजी तथा आवासीय विद्यालयहरुमा अध्ययन गर्न नियमित चलायमान हुन्छन् । गुणस्तरिय शिक्षाका लागि भन्दै नगर क्षेत्रकै निजी (बोर्डिङ) विद्यालय वनगाई, चप्परगाउँ, जीतपुर, पिपरा हुदै रुपन्देहीको सालझण्डी, बुटवल सम्म अध्ययनका लागि विद्यार्थीहरु जानुपर्ने बाध्यता थियो । तर बाणगंगा नगरपालिका वडा ८ वोडगाउँ चोकवाट सय मिटरको हाराहारीमा रहेको विद्यालयले यस वर्ष अंग्रेजी माध्यममा अध्यापन गर्ने कार्य सुरु गरेपछि सकि नसकि निजी विद्यालयमा आफ्ना वालवालिका पढाउने अभिभावकहरु भने निकै खुशी भएका छन् । हुन त धेरै अभिभावकहरुले आफ्ना वालवालिकहरु देखा सिखी वा फेसनका रुपमा भए पनि चर्को शुल्क तिर्न वाध्य भैरहेको परिस्थितिमा सामुदायिक विद्यालयमा पढाउन पाउने भएकाले आजभोली अभिभावकहरु पनि निकै खुशी हुनु स्वभाविक हो ।

वाणगंगा नगरपालिका ८ वोडगाउँ निवासी व्यवसायी दिलु सुनारले सामुदायिक विद्यालयले अंगे्रजी माध्यममा पढाई सुरु गरेकोले आफुलाई निकै खुशी लागेको वताउँछन् । उनले थप्दै भने सर्वसाधरण न्यून आए भएकाहरुलाई सरकारी स्तरवाट गरेको यो प्रयास सह्रायिन रहेको वताए । त्यसैगरी मधुवन गाउँका नारायण भुसालले आफ्ना वालवालिकाहरु निजी विद्यालयमावाट सामुदायिक विद्यालयमा ल्याएको वताउदै, सरकारी विद्यालयमा त्यो पनि अंग्रजी माध्यम र अनुभवी शिक्षकहरुले अध्यापन हुने भएकोले निकै खुशी भएको अनुभाव सुनाए । धेरै अभिभावकहरुले आफ्ना वालवालिकहरुलाई गुणस्तरिय शिक्षाका लाग् िचर्को शुल्क तिरी निजी बिद्यालयहरुमा पठाउन वाध्य भैरहेको परिस्थितिमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउन पाउने भएकाले यस क्षेत्रका अभिभावकहरु खुशी हुनु स्वभाविक हो ।अभिभावक दिलु र भुसाल जस्तै धेरैको प्रतिक्रिया यस्तै छ । स्थानिय व्यक्तिहरुले यो अझ ढिलो गरी सुरुभएको भए पनि अंग्रजी माध्यममा कक्षा सुरु गर्नु राम्रो सुरुवात भएको वताउँछन् । गाउँको विचोविचमा रहेको बाणगंगा मावि वि.स. २०३३ सालमा स्थापना भएको हो । त्यसपछि वि.स २०६६ साल बाट १०+२ तहका कक्षाहरु संचालन भए । हाल यस बाणगंगा उच्च माविमा शिशु तह देखि स्नताक तह सम्मको अध्ययन अध्यापन हुन्छ । यस विद्यालयमा विद्यालय तहको प्रधानध्यपकको रुपमा कुलराज पौडले रहेका छन्, भने उच्च तहको बाणगंगा बहुमुखी क्याम्पसको प्रध्यानध्यपकको रुपमा डि.बि रेस्मी मगर रहेका छन् ।यस समुदायिक विद्यालय कुनै किसिमको राजनीतिक हस्तक्षेप नभएको र यस विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न आफुहरु लागिपरेको विद्यालयका प्रधानध्यापक कुलराज पौडल बताउँछन् ।  यसरी पछिल्लो समय आवासीय निजी (वोर्डिङ्ग) विद्यालयहरुमा विद्यार्थीको मोह हुने र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएको कारण पनि आफुहरुले अंग्रेजी माध्यममा पढाइ शुरु गरेको प्रधानध्यापक पौडेलको भनाई रहेको छ ।  प्रधानध्यापक पौडेलले यस बाणगंगा मावि लौगाईमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि अभिभावकले अहिले धमाधम निजीबाट सामुदायिकमा आफ्ना छोराछोरी भर्ना गरिरहेको बताए ।  उनले भने, ‘हामीले यस विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई अभिभावकको चाहना र अन्र्तराष्ट्रिय परिवेश संग प्रतिस्पर्ध गर्ने उद्देश्यले नै सुरु गरेका हौं । अब शिक्षालाई एउटै पाटो बाट चल्दैन बहुआयमिक दृष्ट्रिले यसलाई लैजानु पर्छ । अब हामीले यस विद्यालयमा प्रविधिक शिक्षा पनि सुरु गर्छौं । अर्को बर्ष प्रविधिक शिक्षा शुरु गर्ने योजनाका साथ अगाडी बढेका छौं । यसबाट सवै अभिभावकहरुको चाहान र जनईच्छ अनुसार समुदायिक विद्यालयमा गुणस्तरणीय शिक्षा प्रदान गर्नेछौं ।’बाणगंगा नगरपालिका जिल्लाकै उत्कृष्ण शैक्षिक गन्तव्यको रुपमा विकास भैसकेको छ । यस नगरपालिकामा विभिन्न जिल्लाबाट अध्ययन गर्नको लागि आउने गर्दछन् । अब यस बिद्यालयमा पनि शिशु तहबाट नै अंग्रेजी माध्यममा अध्ययन अध्यापन सुरु भएपछि विद्यार्थीहरुको चाप बढ्ने निश्चित छ ।

प्रधानध्यापक कुलराज पौडेलले यस बर्ष बाणगंगा माविमा अंग्रेजी माध्यममा ९ सम्म र अर्को बर्ष १० सम्म नै अध्यापन गराउने बताए । उनले लक डाउनको समयमा पनि अंग्रेजी माध्यमबाट भर्ना सुरु भएको जनकारी पाएपछि धेरै निजी विद्यालयका अभिभावकहरु पनि भर्नाको लागी विद्यालय आएको जनकारी दिए । उनले यस बर्ष अंग्रेजी माध्यमबाट कक्षा सुरु हुने थाहाँ पाएपछि लगभग ३ सय ५० देखि ४ सय जना विद्यार्थी प्रवेश परिक्षमा समेल भएको जनकारी गराए । उनले यस बर्ष लक डाउनको कारण प्रयप्ता भौतिक संरचनाहरु तयार नहुँदा सबै विद्यार्थीहरुलाई भर्ना लिन नसकेको बताए । उनले यस बर्षदेखि सुरु हुने कक्षामा ४० जना विद्यार्थीहरु मात्र प्रबेश परिक्षको अधारमा भर्ना गरेको बताए । प्रधानध्यापक पौडेलले भने, ‘सवै पक्षको सहयोग भयो भने र बिद्यार्थीको चाप बढ्यो भने आउदा वर्षहरुमा अन्य कक्षा सेक्सन थप गर्दै जाने योजना रहेका छ ।  त्यस्तै बाणगंगा बहुमुखी क्याम्पसका प्रध्यापक डि.बि. रेश्मीले वाणगंगा माध्यमिक विद्यालय लौगाई अंग्रेजी माध्यममा कक्षा संचालन गर्न शिक्षक मित्रहरुको निकै ठूलो योगदान रहेको बताए । उनले अभिभावकहरुको सकृयता एवं विद्यालय व्यवस्थापन समितिको सहयोगका कारण सफल रहेको वताउछन् । ‘वन्दै रहेका भौतिक संरचना पूर्ण भई सकेको छैन । भौतिक संरचनाको निर्माण पुरा भएपछि धेरै अभिभावकहरुका वालवालिकहरुलाई अंग्रेजी माध्यममा पढाउने चाहना यस विद्यालयले पुरा गर्ने’ बाणगंगा उच्च माविका प्रध्यापक डि.वि.को भनाई रहेको छ ।बाणगंगा नगरपालिकामा ३ वटा समुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट माध्यमिक तह सम्माको पढाई सुरु भएको बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सीले जानकारी गराए । उनले अहिले बाणगंगा नगरपालिकामा ४९ वटा समुदायिक विद्यालयहरु मध्ये जनता मा वि पिपरा र बाणगंगा मावि गजेहडामा अंग्रेजी माध्यमबाट पढाई सुरुभईसकेको जानकारी गराए । त्यस्तै शिक्षा शाखा प्रमुख जि.सीले यही शैक्षिक शत्रवाट पहिलो पटक बाणगंगा मावि लौगाईले पनि नर्सरी कक्षा देखि ९ कक्षा सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको जानकारी गराए । अंग्रेजी माध्यमबाट पढाई सुरु भएपछि अहिले कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आर्कषण ह्वात्तै बढ्न थालेको छ ।