परिबर्तनमा युवा शक्ति !

१३ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
604 Shares


✍🏻 विवेक खड्का – युवा एक सोच हो, उर्जा हो, परिबर्तनको बाहक हो, एक अदम्य साहास हो, रास्ट्र परिबर्तन गराउने अदभूत क्षमता हो, देश बिकासको मेरुदण्ड हो । युवाको सोच्ने तरिका, धारणा कति जिबित र बैज्ञानिक छ्न। पुरानो रुढीबादी फाल्ने र सिर्जनात्मक परिबर्तन गराउने साहस छ। युवाहरूको आचरण, उनीहरुको बिचार, सोच, तरिका र कार्यशैली आदि कुराले युवाको बिकास संगै देशको बिकासमा योगदान दिन्छ। पुराना सोच र दिमागबाट नयाँ नेपालको परिकल्पना गर्न सकिँदैन ।

आखिर परिबर्तन के हो? परिवर्तन केका लागि हुन्छ? र परिबर्तन कस्ले गराउदछ? यी यस्ता एक-एक यावत प्रश्न हरु जब मनमा उब्जन्छ्न तब लाग्छ विश्वका हरेक परिबर्तनमा युवाको अतुलनीय योगदान हुन्छ। देशको आर्थिक , सामाजिक र राजनीतिक बिकासमा युवाको भुमिका अग्रणी रहदै आएको छ। युवा परिबर्तनको बाहक हो । रास्ट्र र विश्वलाई नै नेतृत्व दिने शक्ति हो। देशमा भए गरेका सबै खाले आन्दोलनमा युवाको भुमिका महत्त्वपूर्ण मानिदै आएको छ । चाहे राणा शासनको अन्त्य हुंँदा होस या २०४६ र २०६३ सालको जनआन्दोलनमा होस युवाको सहभागीतालाई अग्रणी मानिन्छ। २००७ र २०४६ सालको आन्दोलनबाट देशमा परिबर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिबर्तन खासै हुन सकेन। जसको कारणले गर्दा अहिले यतिबेला सम्म देेेशको गति सुस्ताएको देखिन्छ।
हामीसँगै राजनीतिक परिबर्तन भएका हाम्रा छिमेकी रास्ट्र भारत र चीन द्रुतगतिमा आर्थिक बिकासको गतिमा लम्किदा हामी अझैसम्म पनि हामी कछुवाको गतिमा हिड्न समेत धौ धौ भैरहेको छ। २००७ साल देखि देशमा भएका परिवर्तनको अध्ययन , अनुसन्धान र बिस्लेशण गर्ने हो भने युवाको बिगत जति कष्टप्रद थियो बर्तमान झनै निसासिदो र भबिस्य झनै कस्टकर देखिन्छ। बिगतमा हामीले उठाएका मुद्दा , माग, नारा लगायत तमाम योजना ठिक थिए कि थिएनन भनेर समिक्षा गर्ने जिम्मा फेरी हामी युवाको काधमा एकपटक आइपरेको छ।
देश आज निकै जटिल र असहज परिस्थितिबाट गुज्रिरहेको बेला हामी युवा चिन्तित र निराश हुनु स्वाभाविकै हो । यतिबेला देसमा एकातिर कोभिड १९ र अर्कोतिर राजनिती खिचतानी ले गर्दा देशको आर्थिक पक्षलाई अधोगति तर्फ उन्मुख बनाएको छ। यस्तो अप्ठ्यारो परिस्थितिमा पनि यहाँका युवाहरू सङ्गठित तबरबाट बिपतको समाधान गर्न लागेको देखिदैन। नेपाली समाज शताब्दीयौ देखि आपसी सद्भाव र एकतामा अडिएको समाज हो। यस जटिल अबस्थामा हामी युवा आफ्नो ब्यक्तिगत स्वार्थ र समस्याबाट माथी उठेर एक आपसमा सद्भाव राख्दै देश निर्माणमा र बिपतको समाधानमा लाग्नु आजको आवस्यकता देखिन्छ।
अहिलेको यो २१ औं सताब्दि स्वर्ण युग हो, यतिबेला सन्सारमै सबैभन्दा बढि युवा जनशक्ति रहेको छ। युवा देशका कर्णधार हुन् तर देशको यस्तो अन्योलपूर्ण परिस्थितिले गर्दा आज नेपाल लगभग युवा शून्य देश बन्दै गइरहेको छ । युवाको चाहाना, सपना र उस्को दिमागमा विदेसिनु बाहेकको कुनै विकल्प र सिर्जनशीलता देखिँदैन । यस्तो स्थितिबाट मुक्ति दिलाउन र देशको समग्र विकासको निम्ति राजनीति जब युवाको हातमा पर्दैन तबसम्म देशमा केही हुनेवाला छैन । जुन कुरा देखियो भोगियो पनि ।  युवाले चाहे भने जस्तोसुकै परिवर्तन पनि सम्भव छ । लोकतन्त्रको स्थापना र यसको विकासको निम्ति राजनीतिक चेतना, संस्कार र अनुशासन अपरिहार्य हुन्छ । त्यसैले राजनीतिक पार्टीका युवा यसका लागि सबैभन्दा बढी उपयोगी हुनसक्छन् ।  तर आज निष्ठाको राजनीति गर्न चाहने युवा पार्टीभित्रको गुट र उपगुटको सिकार भइराखेका छन । यसले गर्दा धेरै युवामा नैराश्य उत्पन्न भएको छ । एउटा तितो र यथार्थ कारण वर्षेनि लाखौ युवाको विदेश पलायन हुनु परेको छ। देशमा युवा बस्न र अट्न सक्ने बाताबरण बन्न सकेको छैन।

राजनीतिकरूपले देशलाई बाटो देखाउने विचार र सिद्दान्त बोकेका बि.पि.कोइराला, मदन भण्डारी  र पुस्पलाललाई हामीले गुमाइ सक्यौ । अब फेरि देशलाई हाक्न सक्ने राम्रो, सक्षम, बिचार र सिद्धान्त भएको नेता युवाबाटै जन्मिन सक्यो भने देशले पक्कै पनि एकपटक मुगार फेर्ने छ।

पुराना सोच र दिमागबाट नयाँ नेपालको परिकल्पना गर्न सकिँदैन । चाहेर होस् या नचाहेर अब नेपाली युवाको काँधमा  जिम्मेवारी आउदैँछ र त्यो केही युवा नेताले कुनै न कुनैरूपमा वहन गरिसकेका छन् ।  समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्नुपर्छ । आर्थिक क्रान्तिको दिशामा मुलुकलाई लैजान विकासका निमित्त सर्वत्र दबाब सिर्जना गर्न युवाले हातेमालो गनै पर्छ । युवा समुह अन्य उमेर समुहभन्दा चेतनशील र उर्जावान् हुन्छ । तसर्थ आफ्नो तन, मन, वचन र कर्मले रास्ट्रको विकासका निम्ति युवा लाग्न जरुरी छ  । तबमात्र हामी सुन्दर भविष्यको कल्पना गर्न सक्छौं । देशम रोजगारीको अबसर नभैसकेपछी अब फेरि पनि प्रत्येक दिन भोको पेट लिएर, पासपोर्ट बोकेर दैनिक १६०० को दरले रोजगारीको खोजीमा युवा शक्ति बिदेस पलायन हुनुपर्ने स्थिति बेहोर्नुपर्ने हुन्छ। तिनलाई स्वदेशमै काम दिन सकिएन भने नेपालको नियति गरिब देशको नाममा विकसित देशबाट भिख मागेर बस्नु सिवाय अरु केही हुन सक्दैन। त्यसैले अब युवा ब्यक्तिगत समस्या बाट माथी उठेर देश निर्माणको लागि जुट्नुपर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया