गण्डकी प्रदेशमा शनिबार १६ कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

काठमाडौं/गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ।प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १६ जना संक्रमित थपिएका हुन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को देबचुली नगरपालिकाका ३ महिलासहित ६ जनामा संक्रण पुष्टि भएको छ। त्यस्तै, कास्कीको पोखरा महानगरपालिकाका पाँच जना महिलामा पनि कोरोना देखिएको छ।यता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाको गल्याङ नगरपालिकाका तीन जना पुरुष र भिरकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण पुष्टि भएको छ।खबरहब