गुल्मीमा ३४ जना कारोनालाई जित्न सफल

प्रकाशित मिति:

मनोज कार्की / गुल्मी गुल्मीमा हाल सम्म ३४ जनाले कोरोना जितेका छन् । रेसुङगा नगरपालिकाका १७ जना , इश्मा गाउँपालिकाका १० जना , मदाने गाउँपालिकाका १ , चन्द्रकोट गाउँपालिकाका १ जना , धुर्कोट गाउँपालिकाका १ जना , गुल्मीदरवार गाउँपालिकाका २ जना र मालिका गाउँपालिकाका २ जना गरी कुल ३४ जनाले कोरोनालाई जित्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानाकारि दिएका छन् ।

शुक्रबार मात्रै इश्मा गाउँपालिकाले तयार पारेको आइसोलेशनबाट एकै पटक १० जना र मालिका गाउँपालिका बाट २ कोरोना जितेको आर्चायले जानकारी दिए । गुल्मी जिल्लामा हाल सम्म कारोना संक्रमितको संख्या २ सय ७५ पुगेकोे छ