सरस्वती स्कुलमा लागेको ताला खुल्यो 

१३ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


सुरेश परियार/रुपन्देही-रुपन्देहीको सैनामैनामा वडा न.७ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा लागेको ताला आज खुलेको छ । विद्यालयका प्राधानाध्यापक राम प्रसाद पौडेलले दमनकारी निति लिएको र अनिर्णयको बन्दि बनाएको आरोप लगाउदै सोही विद्यालयका शिक्षकशिक्षिकाहरुले तालाबन्दी गरेका थिए ।

आज विद्यालय ब्यवस्थापन समिति,शिक्षक कर्मचारी,अभिभावक लगायतको आपसी सहमतिका कारण विद्यालयमा लगाएको ताला खुलेको विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष ठाकुर प्रसाद पाण्डेले जानकारी दिए ।हरेक क्रियाकलापमा समन्वयकारी भुमिका निभाउन प्राधानाध्यापक पौडेललाई अपिल गर्दै शिष्टा«चार ब्यबहार गर्न शिक्षकहरुले आग्रह गरेको छन् ।आफुले कुनै दमनकारी निति नलिएको विद्यालयका प्राधानाध्यापक राम प्रसाद पौडेलले दावि गर्दै कहिलेकाहि यस्तो ब्यवहार भए आफुले आगामी दिनमा यस्तो नगर्ने बताएका छन् । विद्यालयको शैक्षिक गुणस्तर उकास्न र विधार्थीहरुको सख्या बृद्धि गर्न अहोरात्र खटेर कार्य सम्पादन गरेको विश्वास पौडेलले ब्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया