तिम्रो मेरो साथ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

१३ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत तिम्रो मेरो साथु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ। प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्नेकुरा गितले बोलेको छ । चोखो माया गर्ने जोडीका लागि बनेको यस गीतमा स्वर प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको रहेको छ भने शब्द र संगित किरणबाबु पुनको रहेको छ ।

म्युजिक भिडियोमा एलिशा पुन मगर र राजकुमार मगर फिचर्ड छन्। बिभिन्न सुन्दर ठाऊमा छायांकन गरिएको भिडियोमा एलिसा र राजकुमारको रोमान्स देख्न सकिन्छ। अमर सुनारले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गरेका राजकुमार मगरको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

प्राण पुन मगरको लगानीमा निर्माण भएको भिडियोलाई प्राण डिजिटल मार्फत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोलाई दर्शक ,स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। म्युजिक भिडियोलाई माया गरिदिन टिम ुतिम्रो मेरो साथुले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला