स्याङ्जामा कोरोना जितेर ३४ फर्कदै, २२ थपिदै

१३ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल/स्याङ्जास्याङ्जामा शनिवार ३४ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् भने २२ जना संक्रमित थपिएका छन् । हाल सम्म स्याङ्जामा कोरोना संक्रमण जित्नेको संख्या ५६ पुगेको छ भने संक्रमितको संख्या १ सय ५९ पुगेको छ । कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई शनिवार घर पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । अस्पतालमा रहेका ४१ जना संक्रमितको दोस्रो परिक्षणका लागि स्वाव संकलन गरि पठाईएकोमा ७ जनाको भने दोस्रो परिक्षण पनि पोजेटिभ नै आएको छ भने अन्यको नेगेटिभ आएको छ ।

शनिवार घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना,वालिङका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेकोको प्रजिअ क्षेत्रीले बताए । अहिले सम्म स्याङ्जामा कोरोना संक्रमणबाट दुई जना पुरुषले ज्यान गुमाएका छन् । कोरोनामुक्त भएकाहरुलाई, भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण,स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मा, स्वास्थ्यकर्मी लगायतले कोरोना संक्रमण निको भएकाहरुलाई बिदाई गरेका थिए । शनिवार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको रिर्पोटमा १२ महिने बच्चा सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

एकै घरका श्रीमन, श्रीमति र बच्चा सहित २२ जनामा संक्रमण देखिएको छ । १७ पुरुष सहित ६ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका १९ जना रहेका छन् भने पुतलीबजार नगरपालिकाका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुष रहेकाछन् । थपिने संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका मानिसहरु हुन् । संक्रमितहरुलाई थप उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । जिल्लामा ११ पालिका मध्ये अहिले सम्म फेदिखोला गाँउपालिका बाहेक सबैमा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार पुतीबजार २, वालिङ ३४, गल्याङ् ३१, भीरकोट १, र चापाकोट नगरपालिकामा १६ जना संक्रमित भेटिएका छन् भने आँधीखोला ४, विरुवा २, हरिनास २, कालीगण्डकी १५ र अर्जुनचौपारी गाँउपालिकामा ३७ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमण देखिएका मध्ये सबै भन्दा बढी अर्जुनचौपारी गाँउपालिका रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु