कञ्चन गाउपालिकाले सलह किरा संकल गर्ने ब्यक्तिलाई प्रति के।जी। ३० रुपैया दिने

प्रकाशित मिति:

कञ्चन/कञ्चन गाउपालिकाले सलह किरा संकल गर्ने ब्यक्तिलाई प्रति के।जी। ३० रुपैया दिने भएको छ।कञ्चन गाउपालिकाले गरेको सलह किरा समातेर कृर्षि शाखामा बुझाए प्रति के।जी। ३० रुपैया दिने भएको हो ।सलह किराको प्रवेश आकस्मिक रूपमा रुपन्देही जिल्लामा प्रवेश भई सकेकोले यसको प्रभाव कञ्चन गाउँपालिका आसपासको क्षेत्रमा पनि देखिने भएको हुदा सलह किराको नियन्त्रणका लागि बिभिन्न उपायहरु सहित सलह किरा संकलन गरी नियन्त्रण गर्नमा सहयोग गर्ने ब्यक्तिहरुलारुलाई प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराउने सूचना जारी गरेको हो ।

बिशेषगरी सलह किरा साझ पख सबै किसिमका बोटबिरुवाहरुमा झुण्ड भई बाँस वस्न सक्ने हुदा किरा देखिएमा कृषि विकास शाखा वेलभरिया, सम्बन्धित वडा कार्यालय , कृषि ज्ञान केन्द्र , कृषि विकास मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गर्दै सलह किरा देखिएमा मालाथियन ३ एम एल १ लिटर पानीमा वा क्लोरोपाइरिफस नाम विषादी २ एम एल प्रति लिटर पानीमा घोली विषादी किरामा प्रर्ने गरि स्प्रे गर्न आग्रह गरिएको छ ।

सलह किराको संक्रमणले धान वालिको विउ, तरकारी वाली तथा अन्य वालीहरुको नोक्सान गर्ने भएकोले बाली नाली वचावटका लागी झुल वा जालीले छोप्ने र आप्ननो आसपासका क्षेत्रहरुमा ठुलो ध्वनी प्रयोग गरि वचावट गर्नु पर्ने समेत सूचनामा उल्लेख गरिएको छ । प्रदेश २ सँगै शनिबार रूपन्देहीको बुटवल लगायतका ठाउँमा पनि सलह किराको प्रवेश भएको समाचार सार्वजनिक भएसँगै कञ्चन गाउपालिकाले सलह किरा मारेर ल्याउनेलाई प्रोत्शाहन स्वरूप प्रति किलो ३० रूपया उपलब्ध गराउने घोषणा गरेको हो ।