कोरोना एककथा लघुचलचित्र सार्बजनिक दर्शकको राम्रो प्रतिक्रिया पाउदै

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – यतिबेला बिश्वनै कोरोना भाईरसले आक्रान्त बनिरहेको छ ।यसले हरेक क्षेत्रलाई प्रभावित पारिरहेको छ ।कोरोना भाईरस सम्बन्धि बिभिन्न गित संगीत तथा लघु चलचित्र निर्माण भैरहेका छन । तर नेपाली सिनेमालाई पनि यसले नराम्रो संग प्रभावित पारिरहेको छ । तर सामाजिक दुरी कायम गरि बिभिन्न लघु फिल्महरु निर्माण भैरहेका छन ।

यसै क्रममा बसन्त राना “रंगिला” को प्रस्तुतिमा लघु चलचित्र ” कोरोना एक कथा ” निर्माण भएको छ ।कोरोना भाइरसका कारण दोस्रो मुलुकबाट आफ्नो घरमा आउदा परिवार संग बस्न नपाउदा भेट्न नपाउदा र गाउलेले संकाको दृस्टीले हेरिदा उत्पन्न हुने पीडालाई कथाको माध्यमबाट देखाउन खोजिएको छ । उक्त भिडियोलाई दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन ।

भूम लाल श्रेष्ठ र गोपाल प्र श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । लघु फिल्मको कथालाई मनोज खड्काले लेखेका हुन् । भने उक्त सिरिजको (आवाज) रेकर्ड मेघार्ज स्टुडियोमा गरिएको हो ।उक्त चलचित्रमा बसन्त राना “रंगिला “मनिसा सुनार ,भूम लाल श्रेष्ठ गोपाल श्रेष्ठ,ऋतु हितांङ्ग ,दिनेश खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।उक्त चलचित्रको छायांकन सम्पादन र निर्देशन यस क्षेत्रका प्रतिभासाली निर्देशक दिपक परियारले गरेका हुन् । उक्त लघु चलचित्रको सफलताको शुभकामना