कार दुर्घटनामा परी पत्रकार कृष्ण पाण्डेयको निधन

प्रकाशित मिति:

असार । न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा गएराति भएको कार दुर्घटनामा पाण्डेको ज्यान गएको हो ।बुटवलदेखि आफ्नो घर ड्राइभरटोलतर्फ आउँदै गर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो ।

३० वर्षिय पाण्डेको उपचारकै क्रममा राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो । सडक किरानाको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा दुर्घटना भएको थियो ।  पोष्ठमार्टमका लागि शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । स्याड्जाको विर्घामा जन्मीएका पत्रकार पाण्डेयले बुटवललाई कर्मथलो वनाएर पत्रकारीता गर्दै आएका थिए । विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध कृष्ण पाण्डे कलाकारसमेत हुन् । रुपन्देहीबाट न्यूज २४ को रिपोटर पाण्डेय पावर न्यूज नेपालका सञ्चालकसमेत रहेका थिए ।