हातहतियार र भारतीय बिँडीसहित तीन पक्राउ

१४ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


बैतडी, असार १४ – हातहतियार र भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिँडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड छन्।

उनीहरुलाई दशरथचन्द –८ नल्तडीस्थित महाकाली किनारबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भन्सार छली महाकाली नदीमा ट्युबमार्फत अवैध रुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको टोलीले अभियुक्तलाई पक्राउ गरेको जनाइएको छ। बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने छ।

यसअघि गत जेठ २८ गते सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापित सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० को गस्ती टोलीले दशरथचन्द–६ शेराबाट दुई पेटी बिँडी बरामद गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शान्ति नमुनामा अभिभावक भेला
  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ
  • स्व. गणेशमान सैंजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कार पत्रकार केसीलाई
  • पठाओ नेपाल द्वारा ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी…
  • बिप्लव समूहद्धारा भोली नेपाल बन्दको आब्हान
  • ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेका छन् : भुषाल
  • देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता छ : भट्टराई
  • कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने सरकारको तयारी