सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम

प्रकाशित मिति:

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९आज०का लागि सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम गरेको छ ।

यो हालसम्मकै उच्च भाउ हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ ९१ हजार १ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ पनि ९० हजार ८ सय ६० तोकिएको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ कायम भएको महासंघले जनाएको छ ।