मलेसियाबाट थप ७ हजार नेपाली फर्कन चाहने

१४ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / कोरोनाको विश्वव्यापी प्रभावसँगै रोजगारीका लागि विदेशिएकाहरू स्वदेश फर्किने क्रम जारी छ ।रोजगरीका निम्ति मलेसियामा रहेको नेपालीहरू चार्टर्ड उडानमार्फत स्वदेश फर्कने कार्य जारी छ । मलेसियामा रहेको नेपाली दूतावासले आज मात्रै ७ हजार १ सय २७ नेपालीको विवरण सार्वजनिक गरेको छ ।

फिलिपिन्स र ब्रुनाईबाट स्वदेश फर्कन चाहने १८९ जनाको नाम सर्वजनिक गरिएको छ । यस्तै इन्डोनेसियाबाट फर्कन चाहने ९ नेपालीको नाम मलेसियामा रहेको दूतावासले सार्वजनिक गरेको छ ।दूतावासले तत्काल स्वदेश फर्कन चाहनेका लागि फारामसमेत भर्नको अनुरोध गरेको छ । उक्त फाराम पहिले भरेकाहरूले पनि पुनः भर्नुपर्ने भएको छ । नेपाल फर्कनेहरूले हवाई भाडा, होटल क्वारेन्टिन र स्थानिय यातायातको खर्च आफैं व्यहोर्नुपर्नेसमेत दूतावासले जनाएको छ । बाह्रखरी

फेसबुकबाट तपाईको प्रतिक्रिया