बुटवल जेसीजमा टाइम टु टर्न तालिम सम्पन्न

प्रकाशित मिति:

यम प्रसाद तिवारीको नेतृत्वमा रहेको बुटवल जेसीज २०१८ ले जीवन उपयोगी तालीम सम्पन्न गरेको छ ।

तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरे राजेन्द्र घिमिरेले जेसीजका ब्यक्तिगत, सामुदायिक, ब्यावसायिक र अन्तर्राष्ट्रिय गरि चार क्षेत्रमा रहेर कार्यक्रम गर्ने गरेको बताउनुभयो । बुटवल जेसीजले प्रत्येक व्यक्तीको ब्यक्तिगत विकासको लागि यस्ता जीवन उपयोगी तालिम गर्दै आएको बताउनुभयो ।
कार्यक्रम सम्योजक अर्जुन ज्ञवालीले गैरजेसीज ब्यक्तिको नेतृत्व एवम् ब्यक्तित्व विकासको लागि टाइम टु टर्न तालीम आयोजना गरेको बताउदै यस्ता तालीमले प्रत्येक व्यक्तिको जिवनमा उत्साह, उमंग र उर्जा थप्ने विस्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल जेसीजका प्रशिक्षक रमेस अर्याल , प्रशिक्षक दिनेश खड्का, अध्यक्ष सल्लाहकार राजिव गौतम, पब्लिक स्पिकर निर्देशक आविष्कार खनालले सिकेको सीप ब्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रशिक्षार्थी कल्पना पौडेलले तालीमले आफुलाइ समाजमा नेतृत्व गर्न सहयोग पुर्याउने बताउनुभयो । अर्का प्रशिक्षार्थी नवराज भण्डारीले बुटवलमा अन्तर्राष्ट्रिय स्तरको तालीम आयोजना भएकोमा खुसी व्यक्त गर्दै यस्ता तालिम सबैलाई आवश्यक पर्ने औल्याउँनुभयो ।