नेपाली कांग्रेसका नेता महेन्द्र श्रेष्ठद्वारा डेढ महिनाको घरभाडा मिनाहा

प्रकाशित मिति:

गल्याङ । नेपाली कांग्रेसका नेता महेन्द्र श्रेष्ठले आफ्नो घरमा बस्नेहरुको डेढ महिनाको घरभाडा मिनाहा गर्नुभएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर तीनका व्यवसायी श्रेष्ठले लकडाउनका कारण भाडामा व्यवसाय गरी बस्नेहरुलाई समस्या परेको भन्दै डेढ महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभयो ।

गल्याङ नगरपालिकाको आयोजनामा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उहाँले यो घोषणा गर्नुभएको हो ।
श्रेष्ठले आफ्नो घरमा बस्ने तीन वटा छुट्टाछुट्टै परिवार रहेको भन्दै डेढ÷डेढ महिनाको गरी एकमुष्टमा ७९ हजार पाँच सय रुपैयाँ भाडा छुट गरिएको स्पष्ट पार्नुभयो ।

गल्याङमा पहिलो पटक भाडा छुुुुुुुुुुट गर्ने घरधनी श्रेष्ठ हुनुभएको छ । गल्याङ नगरपालिकाले घरबहालमा बस्नेहरुलाई समस्या भएको भन्दै घरभाडा नलिन घरधनीहरुलाई आग्रह गरेपनि यसअघि कुनै पनि घरधनीले यस्तो घोषणा गर्न सकेका थिएनन् ।
समाजसेवी र व्यवसायीका रुपमा परिचित श्रेष्ठ स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।