टिभी जर्नलिष्ट पाण्डेको योगदानलाई चीर स्मरणीय राख्न एनबीसीद्वारा पुरस्कारको घोषणा

प्रकाशित मिति:

काठमाडौं, १४ असार । नेपाल ब्रोडकास्टिङ च्यानल एनबीसीद्धारा न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको योगदानलाई चीर स्मरणीय राख्न पुरस्कारको घोषणा गरिएको छ ।

एनबीसीले आफ्ना रुपन्देहीस्थित टिभी जर्नलिष्ट कृष्ण पाण्डेको नाममा ‘कृष्ण पाण्डे स्मृति जोखिम पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ ।
कार्यक्रम सीधाकुरा जनतासंग कार्यक्रममार्फत घोषणा गरिएको पत्रकारिता पुरस्कार हरेक बर्ष न्यूज २४ टिभीको बार्षिकोत्सवको दिन प्रदान गरिने छ । न्यूज २४ बाहेकका अन्य टिभीमा कार्यरत पत्रकारलाई पनि यो पुस्कार प्रदान गरिने छ ।

पुरस्कारको राशी र प्रकृति पछि प्रष्ट पारिने पनि एनबीसीले जनाएको छ । टिभी जर्नलिष्ट पाण्डेको शनिबार राति सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा १, ड्राइभर टोलमा सवारी दुर्घटनामा परि पाण्डेको मृत्यु भएको थियो ।

पछिल्लो समय प्रदेश ५ को व्युरोको जिम्मेवारी पनि सम्हालेका पाण्डेको असमायिक निधनप्रति न्यूज २४ परिवार मर्माहत बनेको छ । एक इमान्दार सहकर्मीको योगदानलाई कहिल्यै विर्सन नदिन एनबीसीले उनको नाममा पुरस्कार स्थापना गरेको हो ।

पाण्डेको शनिबार नै पुख्र्यौली थलो स्याङ्जाको विर्घास्थित कालीगण्डकी किनारको अरुवाघाटमा अन्त्येष्टि गरिएको छ ।

@news24