कपिलबस्तुमा सुस्मिताको हत्यारा सार्वजनिक गर्न माग गर्दै मैनवत्ति प्रज्वलन

प्रकाशित मिति:

कपिलबस्तु १४, असार । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँ निवासी सुस्मिता थापाको हत्या भएको १३ औँ दिनमा आइतबार साँझ मैनवत्ति प्रज्वलन भएको छ ।
बाणगंगा नगरपालिकाका वडाबासीको संक्रियतामा सयौं महिलाहरुको सहभागिता रहेको मैनबत्ति प्रज्वलनमा हत्यारालाई चाँडो भन्दा चाँडो सार्वजनिक गर्न माग गर्दै बृहत् रुपमा मैनवत्ति प्रज्वलन गरिएको हो ।

अनौपचारीक रुपमा गरिएको उक्त बृहत् मैनवात्ति प्रज्वलन कार्यक्रममा महिला अधिकारकर्मी तथा वडा नम्बर ८ का वडा सदस्य गीता भुसालले प्रशासनलाई दवाव स्वरुप मैनबत्ति प्रज्वलन गरेको बताउँनुभयो । उहाँले दोषिलाई कानुनी कठघरमा नल्याएसम्म आफुहरुले न्यायको लाडाई लाडिरहने बताउँनुभयो । त्यस्तै अनौपचारिक कार्यक्रममा सुस्मिताका ठुला बुबा हुम बहादुर थापा र आमा लक्ष्मी के.सीले हत्यारालाई चाडो भन्दा चाडो सार्वजनिक गर्न प्रशासनलाई ध्यानकर्षण गराउँदै दोसीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गर्नुभयो ।